JanataToday.com

Advertisment

SKIP THIS

१५ वर्षीया छोरीको हत्या गरी शव जलाएर गाडेको आरोपमा आमासहित ४ जना पक्राउ

१५ वर्षीया छोरीको हत्या गरी शव जलाएर गाडेको आरोपमा आमासहित ४ जना पक्राउ

वीरगञ्ज ।
आफनै १५ वर्षीया छोरीको हत्या गरी शव जलाएर गाडेको आरोपमा आमासहित ४ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका(९ शिवबर्वाकी ३० वर्षीया शिवकली देवी, ३९ वर्षीय राजेन्द्र महतो तत्वा, २८ वर्षीय सन्तोष महतो तत्वा र ट्याक्टर चालक वडा नम्बर ८ बस्ने १९ वर्षीय सुबोध भन्ने जितेन्द्र यादव रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेकी शिवकली बालिकाकी आमा हुन् भने राजेन्द्र र सन्तोष काका हुन् । पुनिताका बुवा वीरेन्द्र दास तत्वा भने फरार रहेको पर्सा प्रहरीले जनाएको छ ।
पुनिताको हत्या परिवारकै सदस्यबाट भएको आशंका प्रहरीले गरेको छ । कुटपिट गरेर मारेको आशंकामा आमा शिवकलीसहित ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी विरेन्द्र शाहीले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहले धेरै दिन अघि नै शव जलाइएको र गाडेको जस्तो देखिएको बताउनुभयो ।
‘न जाहेरी आएको थियो, न हराएको निवेदन नै, गोप्य सूचनाको आधारमा हामी घटनास्थलमा पुगेका थियौं,’ प्रहरी निरीक्षक सिंहले भने, ‘घटनाको प्रकृति हेर्दा डिजल हालेर शव जलाएको जस्तो देखिन्छ र बचेको भाग अलि पर लगेर गाडेको रहेछ ।’

‘हामीले आमा, काका लगायत ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं,’ डीएसपी शाहीले भने, ‘बयान लिन बाँकी छ, के किन कसरी लगायत अन्य घटनाबारे विस्तृत जानकारी पछि खुल्दै जान्छ ।’
प्राप्त सूचना अनुसार इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोली घटनास्थल पुग्दा पुनिताको शव जलाएर बचेको शरीरको आंशिक भागहरु केही पर गाडेको अवस्थामा फेला परेको थियो । गाडेको ठाउँबाट शरीरको भाग उत्खनन् गरी घटनास्थल शवजाँच मुचुल्का गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ

प्रकाशित मिति : मंगलबार, पुष २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij