प्रदेश ५ का दलित पत्रकारको चन्द्रौटामा हुने भेलाको तयारी पूरा

प्रदेश ५ का दलित पत्रकारको चन्द्रौटामा हुने भेलाको तयारी पूरा

कपिलबस्तु –  राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम प्रदेश भेला आईतबार कपिलबस्तुको चन्द्रौटा हुदै छ । प्रथम भेलाको सम्पूर्ण तयारी पूरा भएको प्रदेश भेला व्यवस्थापन समितिले जनाएको छ ।

प्रथम ऐतिहासिक भेलाको प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भेलामा प्रदेश ५ का १२ वटै जिल्लामा क्रियाशिल करिव १ सय दलित समुदायका पत्रकारहरुको सहभागिता हुने आयोजकले जनाएका छन् ।

उद्घाटन सत्र अघि दलित समुदायका पत्रकार तथा अधिकारकर्मी एंव सांसद र जनप्रतिनिधिहरुको समेत सहभागितामा विहान कपिलबस्तुको चन्द्रौटा बजारमा ¥याली निकाल्ने कार्यक्रम रहेको संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले बताउनुभयो ।

उहाँले देशैभर प्रदेश र जिल्ला शाखा विस्तारमा रहेको संघले भेदभावविरुद्ध सशक्त रुपमा उत्रने गरि आफ्नो अभियानलाई अघि बढाइएको बताउनुभयो । कपिलबस्तुको चन्द्रौटा ऐतिहासिक ठाउँ र प्रदेशको मध्यभागमा रहेकाले समेत संघको प्रथम ऐतहासिक भेला राखिएको उहाँले बताउनुभयो ।

भेलामा नेपाल पत्रकार महासंघ, सहित पत्रकार सम्बद्ध संघसंस्था, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र दलित अधिकारकर्मी समेत सहभागी हुने प्रदेश ५ भेला व्यवस्थापन समितिका संयोजक चिन्ता परियारले बताउनुभयो । उहाँले भेलामा सहभागि हुन केन्द्रीय पदाधिकारी तथा जिल्लाका पत्रकारहरु चन्द्रौटा आइसकेको जानकारी दिनुभयो ।

भेला सम्पन्न गर्नका लागि स्थानीय तह, दलित सम्बद्ध संघसंस्थाहरुको सहयोगमा भेलाको तयारी गरिएको संघका केन्द्रीय सदस्य तथा प्रदेश ५ का इन्चार्ज सोना खटिकले बताउनुभयो ।

उद्घाटनसत्रपछि बन्दसत्रमा नयाँ नेतृत्व र दलित समुदायका पत्रकारहरुको भूमिकाका बारेमा छलफल हुने छ । भेला प्रदेशको नेतृत्व चयन गरि आईतबार नै सकिने जनाइएको छ ।

प्रकाशित मिति : शनिबार, पुष २६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij