एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गरेको उत्तर कोरियाली अधिकारीले बताएका छन्। उत्तर कोरियाली विदेश मन्त्रालयका सल्लाहाकारले शनिबार राष्ट्रपति ट्रम्पले कोरियाली नेता किमलाई पठाएको वधाई–पत्र संयुक्त राज्य अमेरिकाबाट सिधै प्राप्त भएको पुष्टि गरे। “विश्वले बुझे अनुसार नेता ट्रम्प र किमबीचको व्यक्तिगत सम्बन्ध नराम्रो छैन,” विदेश मन्त्रालयका अधिकारीद्वारा जारी विज्ञप्तिलाई उद्धृत गर्दै उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “व्यक्तिगत सम्बन्ध राम्रो भएका कारण नै दुई मुलुकबीच वार्ता सुरू गर्ने बिषयलाई प्योङयाङले स्वीकार गर्छ भन्ने सोच्नु ‘अस्वभाविक’ हुनेछ।” अमेरिकासँग तत्काल पुनः वार्ता गर्ने सम्भावना नरहेको उत्तर कोरियाले बताएको छ। कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रीकरणका लागि वार्ता सुरू हुनका लागि पहिले अमेरिकाले यस पहिले उत्तर कोरियाले राखेका मागलाई पूर्णरूपमा सम्बोधन गर्नुपर्ने उसले बताएको छ। “अवरूद्ध आणविक वार्ता पुनः सुरू हुनका लागि उत्तर कोरियाले यस पहिलेका वार्तामा उठाएका बिषयलाई ‘पूर्ण सहमति’ जनाउनुपर्छ । हामीलाई अमेरिकाले यसका लागि तयार पनि हुने सम्भावना देखिएको छैन। उत्तर कोरिया पनि यत्तिकै हतारमा अमेरिकासँग वार्तामा बस्नुपर्ने आवश्यक महशुस गरेको छैन।” अमेरिकी राष्ट्रपति र नेता किमबीच सन् २०१८ को जुनपछि कोरियाली प्रायदीपलाई निशस्त्रीकरण गर्ने सम्बन्धमा तीन पटक वार्ता भएको तर सन् २०१९ को फेब्रुअरीमा भियतनामको हनोइमा भएको वार्तामा दुई नेताबीच कुरा नमिलेपछि अवरूद्ध बनेको वार्ता फेरि सुरू हुने पटक पटक चर्चा चलेपनि वार्ताको वातावरण बनेको छैन। वार्ता अवरूद्ध भएपछि अमेरिकी राष्ट्रपतिले नेता किमसँगको राम्रो सम्बन्ध रहेको भन्दै आफू किमसँग ‘प्रेममा परेको’ प्रतिक्रिया दिएका थिए। उत्तर कोरियाले सन् २०१८ मा गरेका आणविक परिक्षण र त्यस पहिले मानव अधिकारलगायतका बिषयलाई लिएर अमेरिकी पहलमा राष्ट्रसङ्ले उत्तर कोरियामाथि कडा आर्थिक प्रतिबन्ध लगाउँदै आएको छ। यसका कारण उत्तर कोरिया विश्व समुदायबाट एक्लाइएको छ।
प्रकाशित मिति : आइतबार, पुष २७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्