JanataToday.com

Advertisment

SKIP THIS

इन्टलेक्च्यूअलमा खेलसप्ताह शुरु

इन्टलेक्च्यूअलमा खेलसप्ताह शुरु

बुटवल, जनता टुडे -इन्टलेक्च्यूअल एकेडेमी, बुटवल –११ कालिकानगर मा आइतवार देखि खेल सप्ताह –२०७६ शुरु भएको छ ।
अतिरिक्त क्रियाकलाप अन्र्तगत प्रत्येक वर्ष संचालन गरिदै आएको खेलसप्ताह –२०७६ को एक समारोह विच स्कुलका प्रवन्ध निर्देशक रामराज पोख्रेलले शुभारम्भ गर्नु भयो ।
शुक्रबारसम्म संचालन हुने कार्यक्रमको पहिलो दिन आइतवार पुर्वप्राथमिक तर्फ मिठाई दौड, र तातो आलु खेलमा विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए भने कक्षा एक देखि तिनसम्मका विद्यार्थी विचमा चम्चा दौड र सिटीगेम प्रतियोगीता सम्पन्न भएका छन् ।
त्यसैगरि कक्षा चारदेखि कक्षा छ सम्मका विद्यार्थी विच चम्चा दौड र हिटराउन्ड अन्तरर्ग सदनात्मक रुपमा व्यडमिन्ट प्रयिोगीता सम्पन्न भएका छन् । भने कक्षा सातदेखि नौ सम्म सदनात्मक रुपमा व्याडमिन्टन र बेलुन डान्स प्रतियोगीता सम्पन्न भएका छन् ।
खेलसप्ताह अवधीभर रिेलेदौड, बेलुन ब्लास्ट, बुक ब्यालेन्स, हाइजम्प, लङजम्प, गणितिय दौड, कपर्दी, टगअफवार, भलिवल, खेलहरुमा विद्यार्थीहरुलाई प्रतिस्पर्धा गराइने छ ।
अतिरिक्त क्रियाकलाप संयोजक शोभा देवकोटाको अध्यक्षतामा सम्पन्न खेल सप्ताह शुभारम्भ, कार्यक्रमको संचालन शिक्षक अग्नीधर पोख्रेल र मित्रजन भण्डारीले संचालन गर्नु भएको थियो ।

प्रकाशित मिति : आइतबार, पुष २७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij