तिलोत्तमा ।
रुपन्देहीको तिलोत्तमा नगरपालीका स्थित मणिग्राममा सम्पन्न युवाहरुको भेलाले मणिग्राम गाइजको स्थापना गरेको छ । मणिग्राम लगायत आसपास क्षेत्रमा क्रियाशिल रहेको युवाहरुको भेलाले आज एक कार्यक्रमको आयोजना गरी मणिग्राम गाईजको स्थापना गरेको हो ।
समाजमा रहेर विभिन्न सामाजीक कार्यक्रम गर्ने भन्दै भेलाले बिजय शाहीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितीको उपाध्यक्षमा क्रमश गणेश थापा, शिव कुवर अजनवी र मदन सलामी रहनुभएको छ । त्यसै गरि सचीवमा पुकार केसी, सह सचीवमा देवी प्रसाद न्यौपाने, कोषाध्यक्षमा निशान्त राना र सहकोषाध्यक्षमा विजु बुढाथोकी रहनुभएको छ । समितीको सदस्यहरुमा प्रवीन केसी, कमल पराजुली, प्रदीप राना, सन्दीप नेपाली, सागर वश्याल, सम्भु वश्याल, आशिष थापा र मिथुन थापा रहनुभएको छ ।
गाईजको खेलकुद संयोजकमा दिपेन बुढाथोकी, साँस्कृतिक संयोजक रोशन नेपाली, आर्थिक वृद्धि संयोजक सरोज भुषाल र सदस्य वृद्धि संयोजक भुवन दर्लामी रहनुभएको छ ।
युवाहरुलाइ लक्षीत गरी उनीहरुको व्यक्तित्व विकास सँगै युवाहरुलाई सामाजीक कार्यमा थप सक्रिय बनाउदै समृद्धि नेपाल निमार्णको लागी गाईजको रुपमा सामाजीक सस्थाको स्थापना गरिएको अध्यक्ष शाहीले बताउनु भयो ।
युवाहरुको बृति बिकासका लगाी विभिन्न सिपमुलक साथै व्यक्तित्व बिकासका तालिम, खेलकुदका कार्यक्रम, संस्कृतिको जगेर्ना लगायतका सामाजिक कार्यहरू गर्ने युवा चिरञ्जिवी बस्यालले बताउनु भयो । कार्यक्रममा सुमन बस्याल, लक्ष्मण गौतम, देवी न्यौपाने लगायतले बोल्नु भएको थियो ।
मणिग्राम गाईज तिलोत्तमा नगरमा पहिलो पटक स्थापना गरिएको हो । यसअघि बुटवल लगायतका क्षेत्रमा फुलबारी गाईज, युनिटी गाईज लगायतका सस्था क्रियाशिल छन् ।
प्रकाशित मिति : बिहिबार, माघ २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्