गायिका आस्था राउतमाथि छानबिन सुरु

गायिका आस्था राउतमाथि छानबिन सुरु

काठमाडौं
गायिका आस्था राउतमाथि प्रहरीले छानबिन थालेको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले राउतसँग भएको विवादको समयको सीसीटीभी फुटेजसहित लिखित निवेदन महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा दिनुभएको हो । विमानस्थलमा गायिका राउतसँग भएको भनिएको घटनाबारेमा प्रहरी जवान श्रेष्ठले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा लिखित जानकारी गराएपछि अनुसन्धान अघि बढाइएको हो। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता किरण बज्राचार्यले गायिका राउतसँग जोडिएको यो घटनाबारेमा प्रहरी जवान श्रेष्ठसँग सोधपुछ पनि गरिएको बताउनुभयो। सोधपुछका क्रममा श्रेष्ठले घटनाको भिडियो फुटेजसहित अन्य विवरण पनि प्रहरी कार्यलयमा पेश गरेकी बज्राचार्यले जानकारी दिनुभयो उहाले यस बिषयमा थप जानकारी लिन गायिका राउतलाई बोलाइने जानकारी दिनुभयो। यदि उहा नआए चाँडै पक्राउको प्रक्रिया सुरु गरिने बज्राचार्यले जानकारी दिनुभयो गायिका आस्था राउत र प्रहरीबीच त्रिभुवन विमानस्थलमा विवाद भएको बिषयमा समाज दुई तप्कामा बाँडिएको छ । तर राउत र प्रहरी जवानबीच भएको भनिएको विवादको सीसीटीभी फुटेज पनि बाहिरिएसँगै घटनाले नयाँ मोड लिएको छ। झापा हुँदै दार्जिलिङ जाने क्रममा बुधबार त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुव्र्यवहार गरेको आरोप गायिका राउतले लगाउनुभएको छ उहाले सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई जथाभावी गालीसमेत गर्नुभएको थियो आस्थाले तल्लोस्तरमा झरेर सिंगो संगठनलाई नै गाली गरेपछि उक्त विषयमा अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिनभयो ।

प्रकाशित मिति : शुक्रबार, माघ ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij