नेपाली युवाहरुमा रहेको लाहुरे मानसिकता अहिलेको ठुलो सामाजिक समस्या भएको छ:मुख्यमन्त्री पोखरेल

नेपाली युवाहरुमा रहेको लाहुरे मानसिकता अहिलेको ठुलो सामाजिक समस्या भएको छ:मुख्यमन्त्री पोखरेल

नवलपरासी
नेपाल स्काउटको ५ नम्बर प्रदेश स्तरीय आधारभुत तालिमको उदघाटनका क्रममा नवलपरासी बर्दघाटमा मुख्यमन्त्री शंकर पोखरेलले नेपाली युवाहरुमा रहेको लाहुरे मानसिकता अहिलेको ठुलो सामाजिक समस्या भएको बताउनुभएको छ ।
बर्दघाट स्थित सशस्त्र प्रहरीको तालिम केन्द्रमा आजदेखि शुरु भएको नेपाल स्काउटको आधारभुततालिमको उदघाटनका क्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले नेपाली युवाहरुमा आफनो देश र समाजमा रहेका विभिन्न प्रकारका कामको विकल्प खोज्नु भन्दा पनि विदेश तर्फ लाग्न सहज मान्ने युवाहरुको मानसिकताले गर्दा अधिकांश युवाहरु बैदेशिक रोजगारीमा जाने गरेको बताउनुभएको छ ।
अहिले हाम्रो समाजमा रेमिटयान्स ल्याउने मात्र कुरामा छलफल चल्दछ तर हाम्रो देशबाट ठुलो मात्रामा रेमिट्यान्स भारत गएको बारेमा छलफल नहुँने भन्दै नेपाली युवाहरु आफ्नो देशमा नै सानोतिनो कामको विकल्प खोज्नुभन्दा विदेशमा अर्काको जागिर गर्न सहज मान्ने मानसिकता एउटा सामाजिक समस्या रहेको बताउनुभयो।
यहां भन्दा गाह्रो अप्ठ्यारो काम गर्न विदेश जान तयार हुने नोकरी मानसिकता वा लाहुरे मानसिकताले अहिले ठुलो संख्यामा युवाहरु विदेशिने गरेको भन्दै भिन्न तरिकाबाट सोच्न युवाहरुलाई आवहान गर्नुभयो ।
नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीको अध्यक्षतामा भएको आधारभुत तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले हाम्रो देशमा उद्योगका प्राविधिक, सानो मात्रामा गरिने घुम्ती ब्यापार, बाल काट्ने हजाम, कपडा उद्योगका सामान्यम जदुर, निर्माण क्षेत्रका प्राविधिक एवं मजदुरको रुपमा भारतीयहरुले काम गर्ने गरेको र नेपालबाट ठूलो रकम भारत लैजाने गरेकोले त्यसको विकल्प खोज्नु पर्नेमा समेत जोड दिएनुभयो।
भारतीयले नेपालमा गरेका कामहरु नेपाली युवाहरुले गर्न नचाहने गरेका कारण पनि युवाहरुमा अनियन्त्रित बैदेशिक रोजगारीमा जाने अभियान चलेको बताउनुभयो।
स्काउटको आधारभुत तालिमले युवाहरुलाई आफ्नो देशमा आफ्नै काम गर्न पनि प्रोत्साहित गर्ने भन्दै सोचका आधारमा मानसीकता निर्माण हुने मानसिकताका आधारमा चरित्र निर्माण हुने भएकाले स्काउटले अहिलेका युवाहरुलाई केही प्रतिशत भए पनि राष्ट्रियताको भावको पनि विकास गराउने भन्दै तालिमको सफतलाको कामना समेत गरेका थिए ।
स्काउटले प्राकृतिक प्रकोप व्यवस्थापन, भिड ब्यवस्थापन सहित युवाहरुको सोचको पनि सकारात्मक व्यवस्थापन हुने भन्दै युवाहरुलाई प्रोत्साहित गर्नुभएको थियो ।
प्रदेश नम्बर ५ का १२ वटा जिल्लाहरुबाट विद्यार्थी एवं अन्य युवाहरु गरि ६ सय ३ जना युवाहरु स्काउटको आधारभूत तालिममा सहभागिता रहेका छन् । तालिम ५ दिनसम्म संचालन हुनेछ।
तालिमको उदघाटन कार्यक्रममा प्रदेश पाँचका सामाजिक विकास मन्त्री बैजनाथ चौधरी, वर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : शनिबार, माघ ४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij