चितवन – टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले आत्महत्या दुरूत्साहनको मुद्दामा सफाइ पाएका छन् ।आइतबार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अन्तिम सुनुवाइपछि न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अन्तिम फैसला सुनाउँदै सफाइ दिएको श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।
अदालतको फैसला सुनाउँदै न्यायाधीश रावलले शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको भन्नेबारेमा कुनै संलग्नता नदेखिएको भन्दै सफाई दिएको हो । गत साउन ३१ गते लामिछाने र कँडेललाई न्यूज ट्वान्टी फोर टेलिभिजनकै परिसरबाट पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा पक्राउ गरिएको थियो । यस अघि जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।
बिभिन्न चरणको वहस पछि आज भएको अन्तिम बहस पछि यो फैसला सुनाइएको हो ।
प्रकाशित मिति : आइतबार, माघ ५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्