नेपाल प्रेस युनियनको महाधिवेशन चैत २१ मा नेपालगञ्जमा गर्ने निर्णय

नेपाल प्रेस युनियनको महाधिवेशन चैत २१ मा नेपालगञ्जमा गर्ने निर्णय

काठमाडौ
नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा नेपालगञ्जमा हुने भएको छ । युनियनको चितवनमा सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी चैतको २१ र २२ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । युनियनको प्रतिष्ठान, जिल्ला र विदेश गरी ८७ शाखा छन् । शाखाबाट आएका झण्डै एक हजार ५०० भन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुने केन्द्रीय अध्यक्ष बद्री सिग्देलले बताउनुभयो । हालसम्म ७० शाखामा अधिवेशन भई सकेको छ । बाँकीमा माघभित्र अधिवेशन सक्ने बैठकले निर्णय गरेको महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो । महाधिवेशन सम्पन्न गर्न अध्यक्ष सिग्देलको संयोजकत्वमा महाधिवेशन तयारी मूल आयोजक समिति र डेमोक्रेटिक लर्यस एशोशिएशनका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गर्ने बैठकले निर्णय गरेको शिवाकोटीले जानकारी दिनुभयो । अध्यक्ष सिग्देल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र महासचिव शिवाकोटी रहेको तीन सदस्यीय विवाद समाधान समिति गठन भएको छ । महासचिव शिवाकोटीको संयोजकत्वमा साङ्गठनिक, कोषाध्यक्ष सरोज अधिकारीको संयोजकत्वमा आर्थिक र उपमहासचिव प्रेम केसीको संयोजकत्वमा स्थानीय व्यवस्थापन समिति बैठकले गठन गरेको छ । बाँकी १५ शाखाको अधिवेशन तथा बाँकी रहेको शाखाको सदस्यता शुल्क माघ मसान्तभित्र केन्द्रीय कार्यालयमा नबुझाएमा महाधिवेशनमा मतदानको अधिकार नहुने बैठकले निर्णय गरेको छ । बैठकले चितवन शाखालाई उत्कृष्ट शाखा घोषणा गर्ने निर्णय गरेको छ । नेपालगञ्जमा हुने नवौँ महाधिवेशनले युनियनको तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । यसअघि बैठकको शुभारम्भ गर्दै अध्यक्ष सिग्देलले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्ने माग गर्नुभयो । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष सुरेश आचार्य, महासङ्घका महासचिव रमेश विष्ट, युनियन चितवनका अध्यक्ष अनिल ढकालले सरकारले ल्याएका विधेयक जनपक्षीय हुनुपर्ने धारणा राख्नुभयो । यसअघि युनियनको आठौँ राष्ट्रिय महाधिवेशन विसं २०७१ भदौ २१ र २२ गते पोखरामा भएको थियो ।

प्रकाशित मिति : मंगलबार, माघ ७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij