भलवारी जेसिजको पद हस्तान्तरण, चिरन्जिवी बस्यालले सम्हाले नयाँ नेतृत्व

भलवारी जेसिजको पद हस्तान्तरण, चिरन्जिवी बस्यालले सम्हाले नयाँ नेतृत्व

 

तिलोत्तमा – भलवारी जेसिजको वर्ष २०२० को नयाँ टोलीलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ । मंगलवार एक कार्यक्रमका बीच वर्ष २०१९ का अध्यक्ष जेसी सुरज अर्यालले वर्ष २०२० का अध्यक्ष जेसी चिरन्जिवी बस्याललाई पदहस्तान्तरण गरेका हुन ।
पुर्व रक्षामन्त्री एवं नेपाली काग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुरानो कार्यसमितिले १२ सदस्सीय नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो ।

सो अवसरमा बोल्दै पुर्व रक्षामन्त्री खाँडले, भलवारी जेसिजले गरेका कामहरूको प्रशंसा गर्दै नयाँ योजना बनाएर अगाडीबढ्न आग्रह गर्नुभयो । साथै उहाले जेसिजहरूले कुरा भन्दा काम गरेर देखाउने बेला आएको समेत बताउनुभयो । सोही अवसरमा वर्ष२०२० को नयाँ टोलीलाई सपथ ग्रहण समेत गराईएको छ । कार्यक्रममा संस्थापक अध्यक्ष कृष्ण कुमार पुरी, २००६ का पूर्व अध्यक्ष माधव प्रसाद पाण्डे, सन्तराम चौधरी लगायतलाई सम्मान समेत गरिएको थियो ।
वर्ष २०१९ का अध्यक्ष जेसी सुरज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा भलवारी जेसिजका बर्ष २०२० का ईभिपिसुर्य पाण्डेको स्वागत र भलवारी जेसिजका सेनेटर प्रकाश पोख्रेलको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति : बुधबार, माघ ८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij