बुटवल ।
नेपालमा हाल उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।तर जाडोको मौसम रहेकाले स्थानीय वायुको प्रभावका कारण हुस्सु–कुहिरो तथा देशका केही क्षेत्रमा आंशिक बदली भने हुने मौसमविदले बताएका छन् ।
हाल तराईका क्षेत्रमा हुस्सु–कुहिरो लागेको छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।
बिहीबार दिउँसो देशको पुर्वी पहाडी भूभागमा आंशिक बदली रही मध्य र पश्चिमी पहाडी भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । तराई क्षेत्रमा हुस्सु –कुहिरो रहनेछ।
देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रहनेछ बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ
प्रकाशित मिति : बिहिबार, माघ ९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्