JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमामा कुष्ठरोगी पत्ता लगाउन चर्म रोग शिविर

तिलोत्तमामा कुष्ठरोगी पत्ता लगाउन चर्म रोग शिविर

तिलोत्तमा,
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कुष्ठरोगी पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कुष्ठरोग प्रभावित सजिलै स्वास्थ्य संस्थामा नआउने भएकाले सबै प्रकारका छाला रोगीको परीक्षण गर्नेगरी निःशुल्क चर्मरोग शिविर आयोजना गरिएको नगरपालिकाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले जानकारी दिनुभयो ।
तिलोत्तमा नगरपालिकामा हाल १४ जना कुष्ठरोग प्रभावितले औषधी खाइरहेको स्वास्थ्य शाखाले जनाएको छ । आइतबार टिकुलिगढ स्वास्थ्य चौकीमा शिविर आयोजना गरिएकोमा सोमबार सेमराबजार स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ । शिविरमा छाला रोग विशेषज्ञ डा. श्यामराज उपाध्याय र डा. विनोद बढईले स्वास्थ्य परीक्षण गर्नुभएको छ ।
शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको सिनियर अहेव अधिकृत गणेश गौतमले बताउनुभयो । आइतबार टिकुलिगढ स्वास्थ्य चौकीमा शिविर सुभारम्भ गर्दै तिलोत्तमा नगर उप–प्रमुख जागेश्वरी चौधरीले कुष्ठरोग पनि अरु रोग सरह भएकोले यसलाई कसैले पनि लुकाउन नहुने बताउनुभयो । समयमैं उपचार गरे कुष्ठरोग निको हुने भएकाले यो रोगप्रतिको अन्धविश्वास हटाउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।


छाला सम्बन्धी जुनसुकै समस्या भएकाले पनि शिविरबाट लाभ लिन सक्ने बताउँदै उप–प्रमुख चौधरीले आइतबार छुटेकाहरुलाई सोमबार सेमराबजार स्वास्थ्य चौकीमा हुने शिविरमा आउन अनुरोध गर्नुभयो । स्वास्थ्य कार्यालय रुपन्देहीका क्षय–कुष्ठ अधिकृत टिकाराम अधिकारीले नदुख्ने, नचिलाउने भएकाले धेरैलाई आफू कुष्ठरोग प्रभावित भएको थाहा नहुने भएकोले उनीहरुको पहिचानका लागि सबै प्रकारका छाला रोगीका लागि लक्षित गरी शिविर आयोजना गर्नुपरेको बताउनुभयो ।
उहाँले यो रोग लाग्दा रातो तथा हल्का फुस्रो रङ्गको दाग देखिने, अनुहारको छाला बाक्लो हुने, छालामा गिर्खा देखिने, स्नायुमा असर गर्दा हात खुट्टामा छुँदा थाहा नहुनुका साथै मांशपेशी पनि कमजोर हुने बताउनुभयो । नियमित उपचारबाट कुष्ठरोग पूर्णरुपमा निको बताउँदै उहाँले कुष्ठरोगको उपचार स्वास्थ्य संस्थामा निःशुल्क हुने र यदि समयमै उपचार नगरेमा अपाङ्गता हुन सक्ने उल्लेख गर्नुभयो । कार्यक्रम तिलोत्तमा वडा नं. १४ का वडाध्यक्ष सोहन चौधरीको अध्यक्षता, नगरपालिकाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलको स्वागत तथा अर्का सिनियर अहेव अधिकृत गणेश गौतमको सञ्चालनमा भएको हो ।
कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्यक्टेरियम लेप्र नामक सुक्ष्म किटाणुबाट लाग्ने रोग हो । यो रोगले खास गरेर छाला र स्नायुमा असर गर्छ । हात खुट्टा निरन्तर झमझम गर्नु, पोल्नु र निदाय जस्तो हुनु, अनुहारमा कमिला हिँडे जस्तो हुनु र छालामा रगंहिन दाग देखिनु तथा दागमा कुनै बस्तुले घोचे पनि अनुभव नहुनु कुष्ठरोगका लक्षण हुन् ।

प्रकाशित मिति : आइतबार, माघ १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij