मानव सेवा आश्रमद्धारा गरिने महायज्ञमा ११ करोड संकलनको लक्ष्य

मानव सेवा आश्रमद्धारा गरिने महायज्ञमा ११ करोड संकलनको लक्ष्य

बुटवल
मानवसेवा आश्रम ५ नं. प्रदेश शाखाले आफ्नो भवननिर्माण तथा अक्षयकोषको स्थापनाका लागि श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ आयोजना गर्ने भएको छ ।
महायज्ञवाट एघार करोड रुपैया संकलन गर्ने लक्ष्य रहेको र यो सबैको स्वेच्छिक सहयोगबाट संकलन हुने आईतवार बुटवलमा पत्रकार सम्मेलनमा जनाईएको छ ।
पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले मानवसेवा आश्रमले मानवता प्रवद्र्धनको लागि अत्यन्त महत्वपूर्ण भूमिका खेलिरहेको बताउदै बुटवल उपमहानगरपालिका क्षेत्रभित्र कोही पनि मानिस भोकै र नाङ्गै रहनु नपर्ने नगर घोषणा भइसकेको बताउनुभएको छ ।
लोकनाथ भूसालको संयोजकत्वमा ५०१ सदस्य महायज्ञ मूल आयोजक समिति घोषणा गरेको छ । त्यसैगरि २८ ओटा विभिन्न उपसमितिहरुको घोषणा गरिएको हो । मानवसेवा आश्रम ५ नं। प्रदेश संयोजक रुपा केसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने, मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले महायज्ञका वारेमा प्रकास पार्नु भएको थियो
मानवसेवा आश्रम २०८२ सालभित्र नेपाललाई नै सहयोगापेक्षी बेसहारा, असहाय, अशक्त, अभिभावकविहिन० सडक मानव रहित राष्ट्र नेपाल निर्माण गरिने लक्ष्य सहित अघि बढिरहेको छ ।
देशका सम्पूण ९सातै० प्रदेशमा १९ ओटा शाखा रहेको मानवसेवा आश्रमको बुटवलको सुख्खानगरमा २ ओटा सेवाकेन्द्रहरु सञ्चालनमा रहेका छन । त्यहाँ १३० जनाले संरक्षण लिइहेका छन् ।

प्रकाशित मिति : आइतबार, माघ १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij