मणिग्राम
रुपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसले यहि ९ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचिनमा निर्वाचित गोपाल भट्टराईलाई सम्मान गरेको छ । क्याम्पस सञ्चालक समिति सदस्य समेत रहनु भएका भट्टराईलाई क्याम्पसले सोमबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।
त्यस अवसरमा राष्ट्रिय सभा सदस्य भट्टराईले भट्टराईले नीति निर्माणसँगै सामाजिक अभियान्ताको रूपमा थप काम गर्नका लागि आफूलाई प्रेरणा मिलेको बताउनुभयो । भट्टराई यस अंगाडी क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष समेत हुनुहुन्थ्यो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकले गोपाल भट्टराईलाई सांसद्को रूपमा प्राप्त गर्नु हर्षको विषय भएको उल्लेख गर्नुभयो ।
क्याम्पस प्रमुख मोहनराज शर्माको सञ्चालनमा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्याल, प्राध्यापक संघका सभापति ताराप्रसाद पराजुली, कर्मचारी संघका सभापति उमेशकुमार शाही, विद्यार्थी अनिता पन्थी लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति : सोमबार, माघ १३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्