JanataToday.com

Advertisment

SKIP THIS

फूटबलमा पामिर, क्षितिज र वेष्टर्न विजयी

फूटबलमा पामिर, क्षितिज र वेष्टर्न विजयी

तिलोत्तमा ।
तिलोत्तमा उद्योग बाणिज्य संघले तिलोत्तमा नगरपालिकाको मणिग्राममा आयोजना गरेको औद्योगिक व्यापार मेलामा सञ्चालन गरिएको बिद्यालय तथा कलेज स्तरीय फूटबल प्रतियोगितामा बिहीबार तीन खेल सम्पन्न भएका छन् ।
प्रतियोगितामा बिहीबार पामिर बोर्डिङ स्कुल, क्षितिज इन्टरनेशनल कलेज ए र वेष्टर्न मेगा कलेज विजयी भएका छन् । पामिरले सहिद स्मारक बोर्डिङलाई १–शुन्यले हराएको छ भने क्षितिज इन्टरनेशनल कलेज ए ले अक्सफोर्ड बोर्डिङ स्कुललाई ३–२ ले हराएको छ ।
त्यस्तै वेष्टर्न मेगाले प्यारामाउन्टमाथि ट्राईब्रेकरमा १–शुन्यको जित हासिल गरेको छ ।
विहिबार नै किवानीज क्लव अफ रुपन्देही र तिलोत्तमा उद्योग बाणिज्य संघबीच मैत्रीपूर्ण फूटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतिष्पर्धामा दुवै टोलीले ४–४ गोल गर्दै बराबरी खेलेको क्लवका अध्यक्ष सुरज पंगेनीले जानकारी दिनुभयो ।
त्यस्तै शुक्रबार सिद्धार्थ बोर्डिङ स्कुल र सगरमाथा बोर्डिङ, न्यू होराईजन ड्राईभरटोल र शान्ति नमूना मावि मणिग्राम तथा पामिर इन्टरनेशनल एकेडेमी जानकीनगर र एचीभर्स कलेजबीच प्रतिष्पर्धा हुने खेल संयोजक अमनमान श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : बिहिबार, माघ १६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij