बुटवल । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, क्षेत्रिय कार्यालय बुटवल तथा ग्लोबल पिस रिट्रिट सेन्टरको आयोजनामा ग्लोबल पिस रिट्रिट सेन्टर, बुटवल १२, ढवाहामा सबै वर्गका महानुभावहरुका लागि व्यक्तिगत, व्यावसायिक एवं सामाजिक क्षेत्रमा सफल व्यक्तित्व तथा Peaceful एवं Blissful जीवन बनाउने अभिप्रायले “समृद्ध समाजका लागि स्वसशक्तिकरण” [Self Empowerment For Prosperous Society] विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।सो कार्यक्रम ब्रह्माकुमारीज् नेपालकी सह निर्देशक एवं वरिष्ठ उपाध्यक्ष राजयोगिनी ब्रह्माकुमारी कमला दिदीको सभाध्यक्षता र ५ नं प्रदेशका प्रदेश प्रमुख माननीय धर्मनाथ यादवको प्रमुख आतिथ्यता तथा प्रदेश सांसदहरु माननीय भोजप्रसाद श्रेष्ठ, माननीय भगवती देवी भण्डारी, माननीय पुष्पा चौधरीहरु एवं बुटवल उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख श्री गोमा देवी आचार्यको विशिष्ट आतिथ्यतामा पानसमा दीप जलाई कार्यक्रमको उद्घाटन गरिएको हो ।
प्रकाशित मिति : बुधबार, माघ २९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्