प्रथम गैडहवाताल महोत्सव शुरु,गैडहवातालको बिकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ:मुुख्यमन्त्री पोख्रेल

प्रथम गैडहवाताल महोत्सव शुरु,गैडहवातालको बिकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ:मुुख्यमन्त्री पोख्रेल

बुटवल ।

रुपन्देही जिल्लाकै ठूलो गैडहवातालको जल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यका साथ संचालन गरिएको प्रथम गैडहवा ताल महोत्सव–२०७६आज बाट शुरु भएको छ ।प्रदेश नं५ का मुख्य मन्त्री शंकर पोख्रेललेमहोत्सवको शुभारम्भ गर्न भएको हो ।उहाले जल पर्यटनको प्रचुर सम्भावना भएको गैडहवातालको बिकासका लागि प्रदेश सरकार प्रतिबद्ध भएको र गैडहवताललाई बिकासको हरेक योजना संग जोडेर समृद्ध गैडहवा बनाउन सदैव अग्रसर हुने बताउनु भएको छ। गैडहवातालको बिकासका लागि प्रदेश सरकार प्रतिबद्ध मुुख्यमन्त्री पोख्रेलले लुम्बिनीमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई गैडहवा तालमा ल्याई आकर्षण गराउन लुम्बिनी–गैडहवा पर्यटन सर्कित बनाएर गैडहवाको बिकास गर्न सकिने बताउदै स्थानियहरुको आम्दानीको श्रोत बनाउन ब्यबस्थित र पारिवारिक बताबरण सहितको होम स्टे निर्माण गर्नमा जोड दिनु भएको छ।
बिशिष्ट अतिथिको रुपमा रहनु भएका प्रतिनिधी सभा सदस्य तथा संसदिय लेखा समितिका सभापति भरत कुमार शाहले सडक पुर्वाधारको बिकास भए गैडहवाको बिकास हुने र गैडहवाको बिकास भए स्थानिय जनताहरुको पनि जिवन स्तर बृद्धि हुने बताउनु भएको छ ।जव सम्म गैडहवालाई लुम्बिनी संग जोडिदैन तव सम्म गैडहवाको बिकासले साथ नपाउने बताउदै लुम्बिनीसंग जोड्ने गैडहवा पेहवाचौका सडक र गुलरिया गैडहवा सडकलाई कालोपत्रे गर्न आवस्यक भएको र त्यसको लागि संसदिय बिकास कोषबाट बजेट ब्यबस्थापन गरेको प्रतिनिधी सभा सदस्य भरत कुमार शाहले बताउनु भएको छ ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराइले गैडहवाको बिकासको लागि सदैव गैडहवाका जनतासंग नजिक भएर काम गरिरहेको बताउदै गैडहवामा बिकासका योजनाहरु खानेपानी,सडक मर्मत तथा स्तर उन्नती लगायतमा आफु लागि परिरहेको र जनतासंग प्रत्यक्ष सरेकार राख्ने योजनाहरु समेत संचालनमा रेहेका बताउनु भएको छ । यसैगरी रुपन्देही क्षेत्र नं ५ कका सांसद भुमिश्वर ढकाल, ख का सांसद फकरुद्धिन खां,नेपाल कम्युनिष्ट पार्टीनेकपाका दुर्गा आचार्य,राजपाका मोहम्मद इस्लाम,समाजबादी पार्टीका तुलसी यादव लगायतले गैडहवातालको बिकास र गैडहवाताललाई जल पर्यटनको बिकास गर्न महोत्सव उपलब्धी मुलक बन्नेमा बिश्वास ब्यक्त गरेका थिए ।करिव ८४ बिगाहा क्षेत्रफलमा फैलिएको गैडहवातालमा फागुन १ गते देखि फागुन १० गते सम्म संचालन हुने महोत्सवमा करिब एक सय स्टल हुने र १ लाख दर्शक भित्र्याई १ करोड कारोबार गर्ने आयोजकले जनाएको छ ।महोत्सव उद्धघाटन हुनुपुर्व गैडहवाका बिभिन्न संघसंस्था,बिधालय,क्लव,आमा समूह तथा टोल बिकास संस्थाहरुद्धारा बिबिध सांस्कृतिक झांकी सहितको र्याली याली गरिएको थियो । महोत्सवलाई थप आकर्षक बनाउन जल पर्यटनको सम्भावना बोकेको गैडहवातालमा गाउपालिकाले २० लाख खर्च गरी २ थान ठूला र २ थान साना डुङ्गा समेत खरिद तालमा डुंगा संचालनमा ल्याएको छ।गैडहवा गाउपालिकाका अध्यक्ष तथा प्रथम गैडहवाताल महोत्सव २०७६ संचालन मुल समितिका संयोजक बच्चु केवटको अध्यक्षता तथा उपाध्यक्ष सुभावती यादवको स्वागतमा संचालन भएको कार्यक्रमको संचालन सूर्य अधिकारीले गर्नु भएको थियो

प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij