JanataToday.com

Advertisment

SKIP THIS

कोरोना नियन्त्रण नभएपछि हुवेईका उच्च अधिकारी बर्खास्त

कोरोना नियन्त्रण नभएपछि हुवेईका उच्च अधिकारी बर्खास्त

काठमाडौ
विश्व स्वास्थ्य संगठनले नयाँ नाम दिएको कोभिड–१९ कोरोना भाइरस झनभन्दा झन फैलिदै गएको छ । कोरोना नियन्त्रणमा नआएपछि चीन सरकारले हुेबेई प्रान्तका उच्च अधिकारीहरुलाई बर्खास्त नै गरेको छ ।कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि उच्च सरकारी अधिकारीहरुलाई पदमुक्त गरेको हो । भाइरस नियन्त्रण गर्न नसकेको भन्दै चीनले अमेरिकी तथा युरोपेली देशबाट आरोप खेपिरहँदा चीन सरकार पनि कठोर बनेको हो । उक्त क्रममा चीन सरकारले सबैभन्दा बढी प्रभावित हुबेई प्रान्तका शीर्ष राजनीतिक नेतृत्वलाई जिम्मेवारीमुक्त बनाएको हो ।भाइरसबाट अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ३६७ जना पुगेको जनाएको छ । बिहीबार ११६ जनाको मृत्यु भएको छ । नयाँ ४ हजार ८२३ बिरामी फेला परेका छन् ।जापानमा समेत एक जनाको मृत्यु भएको छ भने ४४ नयाँ बिरामी थपिएका छन् । संक्रमितको संख्या जापानमा मात्रै २१८ पुगेको छ ।
चीन बाहिर ४४७ संक्रमित रहेको पनि बताइएको छ । जापान, फिलिपिन्स र हङकङमा एक एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij