काठमाडौ
विश्व स्वास्थ्य संगठनले नयाँ नाम दिएको कोभिड–१९ कोरोना भाइरस झनभन्दा झन फैलिदै गएको छ । कोरोना नियन्त्रणमा नआएपछि चीन सरकारले हुेबेई प्रान्तका उच्च अधिकारीहरुलाई बर्खास्त नै गरेको छ ।कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि उच्च सरकारी अधिकारीहरुलाई पदमुक्त गरेको हो । भाइरस नियन्त्रण गर्न नसकेको भन्दै चीनले अमेरिकी तथा युरोपेली देशबाट आरोप खेपिरहँदा चीन सरकार पनि कठोर बनेको हो । उक्त क्रममा चीन सरकारले सबैभन्दा बढी प्रभावित हुबेई प्रान्तका शीर्ष राजनीतिक नेतृत्वलाई जिम्मेवारीमुक्त बनाएको हो ।भाइरसबाट अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ३६७ जना पुगेको जनाएको छ । बिहीबार ११६ जनाको मृत्यु भएको छ । नयाँ ४ हजार ८२३ बिरामी फेला परेका छन् ।जापानमा समेत एक जनाको मृत्यु भएको छ भने ४४ नयाँ बिरामी थपिएका छन् । संक्रमितको संख्या जापानमा मात्रै २१८ पुगेको छ ।
चीन बाहिर ४४७ संक्रमित रहेको पनि बताइएको छ । जापान, फिलिपिन्स र हङकङमा एक एक जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्