JanataToday.com

Advertisment

SKIP THIS

औषधी ब्यवसायीहरुद्धारा कोरोना भाईरसको वारे जनचेतनामुलक अभियान

औषधी ब्यवसायीहरुद्धारा कोरोना भाईरसको वारे जनचेतनामुलक अभियान

बटवल ।
रुपन्देही औषधी ब्यवसायी संघले कोरोना भाईरसको वारे जनचेतनामुलक अभियान शुरु गरेका छन । ।कार्यक्रमका लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराई र सदस्य रिज्जु श्रेष्ठ तथा प्रमुख मेडिकल सुपरिटेन्ड डा राजेन्द्र प्रसाद खनाल, संघका अध्यक्ष सुरज भट्टराई, विशेष सल्लाहकारहरु रामप्रसाद खरेल, खेम पुन, डा रोहितराज क्षेत्री, लोकहरि श्रेष्ठ, संघका अञ्चल शाखा अध्यक्ष शिव ज्ञवाली, सल्लाहकार मोहन कुमार पाण्डेले बुटवलमा सामुहिक रुपमा पर्चा पम्प्लेट सार्वजानिक गरे ।
लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त अध्यक्ष सुर्य बहादुर भट्टराईले विस्थापित भएका औषधी ब्यवसायीहरुलाई छिट्टै ब्यवस्थापन गर्ने बताउनुभएको छ ।अस्पतालकै उत्तरतर्फ निमार्ण गरिने अत्याधुनिक ब्यवसायीक भवनमा औषधी ब्यवसायीलाई पुनःस्थापित गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्ड डा राजेन्द्र प्रसाद खनालले मानिसमा सकारात्मक सोचको विकास हुनुपर्ने बताउनुभयो । ।
कार्यक्रममा संघका अञ्चल शाखा अध्यक्ष शिव ज्ञवालीले औषधी ब्यवसायी र अस्पतालको समितिको सम्बन्धबाट नै अस्पतालको विकास हुने बताउनभयो ।
संघका सल्लाहकार डा रोहितराज क्षेत्रीले समिति अब नया ढंगबाट अघि बढ्नुपर्ने सुझाव दिनुभयो । पुरानै ढर्राका रुपमा विकास समिति नभई अब नया रुपमा नीति बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।
आम नागरिकलाई सहि सुचना सम्प्रेषणको दायित्व सरकारको भएपनि नीजि क्षेत्रबाट सहयोगीको भुमिका खेलेको संघका अध्यक्ष सुरज भट्टराईले बताउनुभयो ।
महासचिव पुरुषोत्तम भट्टराईले ‘गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधीको आपुर्तिःहाम्रो प्रतिवद्घता’ नारासहित बिस २०३० सालमा स्थापना भएको संघमार्फत वार्षिक कार्ययोजना बनाएर ब्यवसायिक हकहित पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।
संघको अगुवाईमा कोरोना भाईरस विरुद्ध सचेतनामुलक ३० वटा ब्यानर र १० हजार पम्प्लेट छापिएको संयोजक नारायण थापाले बताउनभयोु। अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराई, सदस्य रिज्जु श्रेष्ठ तथा प्रमुख मेडिकल सुपरिटेन्ड डा .राजेन्द्र प्रसाद खनाललाई स्वागत तथा बधाई कार्यक्रम तथा कोरोना भाईरस बिरुद्ध सचेतना कार्यक्रम सुभारम्भ गरेको होपम्प्लेटमा कोरोना भाईरसका मुख्य लक्षणहरु, बच्ने उपाय लगायतका बारेमा विस्तृत जानकारीगराइएको थियो

प्रकाशित मिति : शनिबार, फाल्गुन ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij