JanataToday.com

Advertisment

SKIP THIS

लियोको टेबलटेनिस हुने

लियोको टेबलटेनिस हुने

बुटवल
लियो क्लब अल बुटवलले फागुन ७ र ८ गते दुई दिन जिल्ला स्तरिय अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिता गर्ने भएको छ । सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएक‍ो लियो क्लब अफ बुटवलका अध्यक्ष अभिनास श्रेष्ठले बताए । प्रतियोगिता अन्तरगत कक्षा ४ सम्म छात्रछात्रा, कक्षा ५ देखि ८ सम्म छात्रछात्रा, कक्षा ९ देखि १२ सम्म छात्रछात्रा, छात्र डबल्स, छात्रा डबल्स र शिक्षक सिगल गरि विद्यागत प्रतियोगिता हुने उनले बताए । प्रतियोगितामा जिल्लाका २५ निजि तथा सामुदायिक विद्यालयका करीब ३ सय खेलाडीहरु प्रतिस्पर्धा गर्ने क्लबका सल्लाहकार महेश खनालले बताए । कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ बि २ का डिष्ट्रिक को चिफ एडभाईसर अर्जुनमान सैजुले विगत लामो समयदेखि खेलकुद गतिविधिलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिदै आएको बताए । विद्यालयस्तरमा गरिने खेलकुद गतिविधिबाट खेलाडी उत्पादन हुने उनले बताए । कार्यक्रममा लायनेश क्लब अफ बुटवलकी पुजन श्रेष्ठ, लायन्स क्लब अफ बुटवलका अध्यक्ष नरेश श्रेष्ठले विभिन्न पेशा ब्यावसायमा आवद्घ ब्यक्तिहरु सानो सहयोग जुटाएर सामाजिक सेवा गर्दै आएको बताए

प्रकाशित मिति : सोमबार, फाल्गुन ५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij