संशोधन गरेर मात्रै पारित गर्न एमसीसी कार्यदलको सुझाव

संशोधन गरेर मात्रै पारित गर्न एमसीसी कार्यदलको सुझाव

काठमाडौं ।
मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसीसम्बन्धि अध्ययन गर्न गठित नेकपाको कार्यदलले यथाहालतमा पास नगर्न सुझाव दिएको छ ।पार्टीका सचिवालय सदस्य तथा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले एमसीसीका केही बुँदा संशोधन गर्न सुझाव दिँदै प्रतिवेदन बुझाएको हो । प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई हस्तान्तरण गरिएको छ ।
“शुक्रबार दिउँसो बसेको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको थियो । यथाहालतमा पास नगर्नू भन्ने सुझाव दिइएको छ । केही बुँदा संशोधनको सुझाव पार्टीलाई दिइएको छ,” उच्च स्रोतले जानकारी दियो ।
प्रतिवेदन बुझाउन कार्यदलका संयोजक खनाल तथा सदस्यहरू भीम रावल र प्रदीप ज्ञवाली बालुवाटार पुगेका थिए ।

गत माघ १९ गते सकिएको केन्द्रीय कमिटी बैठकले एमसीसी अनुदान प्रस्तावबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो । कार्यदललाई अध्ययन गरेर सुझाव दिन १० दिनको समय दिइएको थियो । त्यसअवधिमा प्रतिवेदन तयार नभएपछि १० दिन थप गरिएको थियो ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij