पर्वत
कुश्मा नगरपालिका ६, शिवालय चोकबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।
उनीहरूको साथबाट नगद ७६ हजार ९ सय ६५ रुपैयाँ र तास बरामद भएको छ । पक्राउ पर्नेमा कुश्मा नगरपालिका ४ का २७ वर्षीय पवन गुरुङ, ४० वर्षीया सुनकुमारी गुरुङ, सोही नगरपालिका ९ का ५५ वर्षीय गोविन्द अधिकारी, वडा ५ का ४८ वर्षीया कुशा गुरुङ, वडा ६ का ५५ वर्षीय धर्मराज गुरुङ र ३७ वर्षीया शान्ति गुरुङ छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन १३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्