बुटवल —प्रधानमन्त्री केपि शर्मा ओलीको जन्मोत्सव प्रकरण र गोकुल बास्कोटाको भ्रष्टाचार प्रकरणको बिरोधमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल तिलोत्तमाले रुपन्देहीको मणिग्राममा बिरोध सभा गरेको छ ।
प्रम ओलीले करोड बढी खर्चेर भडकिलो जन्मउत्सव मनाएको, नेपालको नक्साको केट काटेर राष्ट्रियताको खिल्ली उडाएको र भ्रष्टाचारका काण्डै काण्ड गरेको भन्दै त्यसका बिरुद्ध तिलोत्तमाको मणिग्राममा आज साँझ तरुणहरुले बिरोध सभा गरेका हुन ।बिरोध सभालाइ सम्बोधन गर्दै नेपाली काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाक,प्रदेश सभासद रमा अर्याल,तरुण दलका केन्द्रिय पार्षद बृजेश न्यौपाने,तरुण दल तिलोत्तमाका सभापती खिम क्षेत्री,होम पौडेल लगायतका तरुण नेताहरुले आम नेपाली जनतालाइ दुइ छाक पेट भर्न धौधौ भइरहको अवस्थामा प्रधानमन्त्रीको जन्मदिनलाइ रवाफिलो बनाउन एक करोड बढी खर्च गर्नु लज्जास्पद रहेको टिप्पणी गरे ।दुइ तिहाइको सरकारका संचारमन्त्री गोकुल बास्कोटाको ७० करोडको घुस काण्डका सम्बन्धमा प्रधानमन्त्रीले जनतालाइ स्पष्ट जवाफ दिनु पर्ने र निश्पक्ष छानबिन गरी कारबाही गर्नु पर्ने माग गरेका छन । प्रधानमन्त्री ओलीले राजशी ठाँटमा जन्मदिन मनाएको र देशको नक्सालाइ छुरीले काटेर कपाकप खाँदा आम नेपालीको मन रोएको भन्दै वक्ताहरुले दुइ तिहाइको सरकार जनताको मनबाट पतन भइसकेको दावी पनि गरे ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन १३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्