बुटवल ।
अपाङ्गता भएका व्याक्तिहरुको खेलकुद संस्था नेपाल पारा ओलम्पीक कमिटि प्रदेश ५ गठन गरिएको छ । शुक्रबार बुटवलमा भएको भेलाबाट देवी आचार्यको अध्यक्षतामा नयाँ कमिटि गठन गरिएको हो । नयाँ गठन गरिएको कमिटिको उपाध्यमा नारायण कुर्मी, सचिवमा सावित्रा घिघिरे, कोषाध्यक्षमा मिना भुषाल(पाठक) चयन भएका छन् । यस्तै सदस्यहरुमा निर्मल पौडेल, आकाश मल्ल, यज्ञ बहादुर वि.क र सुप्रिय भुषाल, चयन भएका छन् ।
नेपाल पारा ओलम्पीक मिमिटिका अध्यक्ष दिपक कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ५ सामाजिक विकास मन्त्रालय खेलकुद शाखा प्रमुख विष्णु पन्थीको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै कार्यक्रममा रुपन्देही जिल्ला खेलकुद विकास समितिका प्रमुख संगम थापाको विशिष्ठ आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पारा ओलम्पकी कमिटिका महासचिव प्रकाश शिलवाल, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पुर्व बरिष्ठ उपाध्यक्ष देवी बहादुर पोखरेल, राष्ट्रिय अपाङ्ग महासंघका पुर्व केन्द्रीय सदस्य लोकनाथ भुषाल, शिव कुमार ज्ञवाली, लायन्स क्लव अफ बुटवल सयपत्रीका पास्ट प्रेसीडेन्ड रोशनी पोडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम सावित्रा घिमिरेको को सञ्चालनमा भएको हो ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्