काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार आएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको अस्पतालका कार्यकारी निर्देशक प्रा। डा। प्रेमकृष्ण खड्काले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री ओलीको नियमित खानपान, हिँड्डुल र व्यायामलाई निरन्तरता दिइएको छ।
प्रधानमन्त्रीलाई मिर्गौला दान दिन उनकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ्य स्थिति पनि राम्रो अवस्थामा रहेको अस्पतालले जनाएको छ। प्रधानमन्त्री ओलीको फागुन २१ गते दोस्रोपटकको मिर्गौला प्रत्यारोपण गरिएको थियो।
त्रिवि शिक्षण अस्पतालले सुधारको अवस्था कायम रहेमा प्रधानमन्त्रीलाई केही दिनमा ‘डिस्चार्ज’ गरिने जनाएको छ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन २७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्