सालझण्डीमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा

सालझण्डीमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा

बुटवल ।
रुपन्देहीको सैनामैना नगरपालिकाको सालझण्डीमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ ।
नगरपालिकाको वडा नंं ११ पीपलडाँडास्थित करिब १४ कट्ठा जग्गामा एक करोड ११ लाख रुपैयाँ लागतमा उपचार केन्द्र सञ्चालनमा आएको हो ।
नगरपालिका मातहतमा सञ्चालन हुने केन्द्रमा सर्पदंशका बिरामीको उपचार गर्न नेपाली सेनाको सहकार्यमा एक जना र संघीय स्वास्थ्य मन्त्रालयबाट एकजना गरी दुईजना विशेषज्ञ चिकित्सक रहने छन् ।
केन्द्रको भवनको माथिल्लो तलामा सर्पदंश उपचार केन्द्र र तल्लो तलामा स्वास्थ्य चौकी रहने सैनामैना नगरपालिका वडा नंं। ११ का अध्यक्ष सुनिल मरासिनीले बताए ।
उपचार केन्द्रबाट रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पासम्मका जनता लाभान्वित हुने केन्द्रका व्यवस्थापन समिति अध्यक्ष मिनप्रसाद घिमिरेले बताए । सर्पदंश उपचार केन्द्र निर्माणका लागि २०७२ सालमा श्रीमद् भागवत महायज्ञ आयोजना गरी ६९ लाख रुपैयाँ बचत भएको थियो ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij