बुटवल ।
जनमुक्ति युवा महासंघ रुपन्देही जिल्लाको पाँचौं अधिवेशन आज मंगलापुरमा सम्पन्न भएको छ ।अधिवेशनबाट अध्यक्षमा पूनः हेमन्त बुढाथोकीलाई चयन गरिएको छ । युवा महासंघको बरिष्ठ उपाध्यक्षमा खेमन राना, सचिव पहलसिङ राना, कोषाध्यक्ष एकु राना र उप–सचिवमा आकृति थापा निर्वाचित हुनु भएको छ । त्यसैगरि सदस्यहरुमा विष्णु थापा, गौरी राना, अनिल थापा, अशोक राना, नुमबहादुर कुमाल, इन्द्र कुमाल, मोहन थापा, इश्वर गाहा, रेखा गाहा, खुशी चौधरी, सनम काउचा, नेत्र राना, दलबहादुर थापा, कृष्णबहादुर पुन, अजय गुरुङ र शोभा थापा निर्वाचित हुनु भएको छ ।
एक उपाध्यक्ष, उपसचिव र संगठन सचिव पछि थप गरिने निर्वाचन समितिका संयोजक तथा जनमुक्ति युवा महासंघका राष्ट्रिय अध्यक्ष शंकर गाहाले जानकारी दिनुभयो । निर्वाचित कार्यसमितिलाई पार्टीका महासचिव केशब सुर्यबंशी, सचिव केवी पुन, संघीय महासभा सदस्य प्रदेश नं ५ का अध्यक्ष नरजङ गुरुङ, पूर्व सैनिक संगठनका केन्द्रिय अध्यक्ष भिमबहादुर राना, केन्द्रिय सचिव तथा सामाजिक सञ्जाल ब्युरो अध्यक्ष सुर्यकुमार सारु, नेताहरु टोप अस्लामी, कमला थापा, पार्टी प्रदेश ५ अध्यक्ष झमबहादुर गुरुङ, प्रदेश ५ सचिव विके राना, नेताहरु छत्र दर्लामी, जिल्ला उपाध्यक्ष टेक बहादुर गुरुङ लगायतले शुभकामना तथा बधाई व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्