देवदहमा टिप्पर दुर्घटना हुदा चालक सहित दुई जना गम्भिर

देवदहमा टिप्पर दुर्घटना हुदा चालक सहित दुई जना गम्भिर

बुटवल
रुपन्देहीको देवदह स्थित घोडाहामा दुईवटा टिप्पर आपसमा ठोक्किदा टिप्पर चालक सहित दुई जना गम्भिर घाईते भएका छन् । बुटवलबाट सुनवलतर्फ जाँदै गरेको लु २ ख १२१८ नम्बरको टिप्पर र बुटवल तर्फ आउँदै गरेको लु १ ख २५८४ नम्बरको टिप्पर आज दिउँसो २ बजेको समयमा आपसमा ठोक्किएका थिए ।
सुनवल तर्फ जाँदै गरेको लु २ ख १२१८ नम्बरको टिप्परको अंगाडीको टायर पन्चर भएर अनियन्त्रित भएपछि विपरित दिशा तर्फ जाँदै गरेको लु १ ख २५८४ नम्बरको टिप्परमा ठोक्किएको थियो । दुर्घटनामा परि लु १ ख २५८४ नम्बरको टिप्परका चालक लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं। १० का ३७ वर्षीय कमलेश यादव र सोही टिप्परमा सवार ३५ वर्षीय सुनिता चौधरी गम्भिर घाईते भएका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो ।
दुई टिप्पर आपसमा ठोक्किदा आगो लागेको थियो । दुई टिप्पर आपसमा ठोक्किएपछि पछाडी बुटवल तर्फ आउँदै गरेको बा २० च ५५१६ नम्बरको कार समेत ठोक्किएको थियो । कारमा सामान्य क्षती भएपनि मानवीय क्षती नभएको प्रहरीले जनाएको छ । दुर्घटनापछि टिप्परमा आगलागी भएको र दमकलको सहायताले आगो नियन्त्रणमा लिईएको थियो भने जेसीबिको सहायताले दुर्घटनाग्रस्त टिप्परलाई सडकबाट हटाएर करिव दुई घण्टा अवरुद्ध पूर्वपश्चिम राजमार्ग सााँझ ४ बजे सुचारु गराईएको प्रहरी नायव उपरिक्षक भट्टराईले जानकारी गराउनु भयो ।

प्रकाशित मिति : शनिबार, चैत्र १ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij