कोरोनाविरुद्धको अभियानमा एकजुट होऔँ : राष्ट्रपति

कोरोनाविरुद्धको अभियानमा एकजुट होऔँ : राष्ट्रपति

काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले आज ट्विटमार्फत कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन आग्रह गर्नुभएको हो । राष्ट्रपति भण्डारीको ट्विटमा भनिएको छ, “विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसको सङ्क्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपाय अवलम्बन गरौँ, यस रोगविरुद्धको विश्वव्यापी अभियानमा हामी सबै एकजुट होऔँ ।”

प्रकाशित मिति : शनिबार, चैत्र १ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij