४ सय ६४ जनाको परिक्षण भयो तर, कसैमा पनि भेटिएनः मन्त्री ढकाल

४ सय ६४ जनाको परिक्षण भयो तर, कसैमा पनि भेटिएनः मन्त्री ढकाल

काठमाडौं ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अहिले सम्म ४ सय ६४ जनामा परिक्षण गएिपनि नेपालमा हालसम्म कसैलाई कोरोना भाइरसको संक्रमण नदेखिएको बताउनुभएको छ । राष्ट्रियसभा बैठकमा सरकारकातर्फबाट कोरोना भाइरससम्बनिध जानकारी गराउँदै उहाँले हालसम्म नेपालमा कोरोना भाइरस संक्रमित नभेटिएको बताउनुभएको हो । ।
मन्त्री ढकालले देशमा साना ठुला १२९ नाकामध्ये ४३ विन्दुमा जाँच गरेर भारत हुँदै नेपाल आउने व्यवस्थापना कार्य अघि बढिरहेको बताउनुभयो । सिमा जोडिएका स्थानीय तहलाई पनि २१ बुँदे निर्देशन पठाइएर आवश्यक सावधानीको व्यवस्था गरिएको मन्त्री ढकालले जानकारी गराउनुभयो ।
प्रमुख जिल्ला अधिकारी र स्वास्थ्यकर्मीलाई पनि जिल्ला नछाड्न भनिसकिएको भन्दै उहाँले ५६ लाख विद्यार्थी अध्ययनरत रहेको, १ देखि ९ सम्मका ५० लाख विद्यार्थीको परिक्षा आगामी चैत ५ भित्र सक्ने योजना रहेको जानकारी दिनुभयो ।
उहाँले एसईइ एक दुई दिनको अवस्था हेरेर परिक्षा तालिका बनाउने पनि जानकारी दिदै सगरमाथा संवाद स्थगित गरिएको, अन्तर्राष्ट्रिय कार्यक्रममा भाग नलिने, भोजभतेर र भिडभाड हुने कार्यक्रममा नगएर सहयोग गर्न जनतालाई आव्हान गरिसकेको दावी गर्नुभयो ।

ढकालले हाल काठमाडौंमा १ सय ७० वटा आइसियु सञ्चालनमा रहेको र २ सय ३५ वटा आइसियु थप्ने काम अघि बढेको जानकारी दिँदै ३ वटा अस्पतालमा केन्द्रित गरी रोगका विरामीको प्राथमिकताका साथ उपचार गर्ने गरि व्यवस्था अघि बढाउने औषधि र औजारको जोहो गर्ने कुरामा सरकार लागिसकेको बताउनुभयो ।

प्रकाशित मिति : आइतबार, चैत्र २ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij