काठमाडौं । कोरोनाको त्रासका कारण बजारमा दैनिक उपभोग्य बस्तुको कृतिम अभाव तथा व्यवसायीहरुको मनलाग्दी रोक्न तत्काल सरकारले बजार अनुगमन गर्नुपर्नेमा सांसद देवेन्द्र पौडेलले माग गरेका छन् ।
आइतबार बसेको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद पौडेलले बजारमा दैनिक उपभोग्य वस्तु तथा सेवाको कृतिम अभाव हुनुका साथै मूल्य पनि अस्वभाविक वृद्धि भएको भन्ने जनगुनासो रहेको बताए ।
यसलाई मध्यनजर गर्दै सम्बन्धित पक्षले तत्काल बजार अनुगमन गरी कालोबजारी गर्नेलाई कारबाही गरेर सरकारको उपस्थिति देखाउनु पर्ने बताए ।
सरकारले हल्लाका कारण जनमस्तिष्कमा परेको प्रभाव र आक्रान्त परिस्थितिलाई कम गर्न तथा बजारमा हल्ला चले जस्तो उपभोग्य वस्तु तथा सेवाको कुनै अभाव छैन सन्देश दिन सक्नुपर्ने उनले बताए ।
प्रकाशित मिति : आइतबार, चैत्र २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्