तिलोत्तमा- धेरै महिला पछिल्लो समयमा ब्युटिसियन तालिमप्रति आकर्षित हुन थालेका छन । आफ्नो व्यक्तिगत स्वास्थ्य, सौन्दर्य र स्वरोजगार लगायतका कारण यसतर्फ अहिले धेरै महिलाको आकर्षण बढेको हो ।
महिलाहरूलाई स्वरोजगार बनाउन तिलोत्तमा वडा नं १ मा रहेको श्री बाटिका महिला सामाजिक उद्यमी सहकारी संस्थाले सहकारी का सेयर सदस्य हरुलाई ३ महिने ब्युटिसियन तालिम दिएको थियो ।
२२जना को सहभागिता मा सेयर सदस्यहरुले निःशुल्क रूपमा सीप सिकेर त्यसलाई व्यवहारमा उतार्ने मौका पाउनु भएको छ।
आज एक समारोहका बिच तिलोत्तमा वार्ड नं १ को प्रेम नगर चोकमा तालिमको समापन गरिएको हो ।

सिप सिकाएर सबैलाई स्वरोजगार बनाउने योजना अनुरुप तालिम संचालन गेरेकोमा सहकारी लाई धन्यवाद दिदै महिलाहरु आफ्नो खाली समयको उपयोग गर्दै आय आर्जनमा लाग्न सकुन भन्ने उद्धेश्य प्रति लक्ष्ति गरी यो तालिम संचालन गरिएको प्रति राष्टिय सहकारी महासंघका संचालक राम कृष्ण खाणले सिप सिकेर आयआर्नन तर्फ उन्मुख हुन सबैलाई आग्रह गर्नु भयो।
यस्तो तालिम लिँदा महिलाहरूलाई आत्मनिर्भर बनाउन निकै सजिलो हुने राष्टिय सहकारी बैक का संचालक माधव लाल देवकोटाले बताउनु भयो ।
पार्लर ब्यवसायमा अहिले दर्जनौं मानिसले रोजगारी पाइरहेको र अन्य कुनै पेसा व्यवसायभन्दा यो व्यवसाय कमजोर नभएको देवकोटालेले बताउनु भयो ।
कार्यक्रममा व्यावसायिक तथा सिप विकास तालिम केन्द्र बुटवलका तिलक रिजालले सिकेको सिपलाई उपयोग गर्दै आय आर्जनमा लाग्नु पर्ने बताउनु भयो ।

पहिलापहिला आफूलाई ब्युटिसियन भन्न पनि लाज लाग्ने गरेकोमा अहिले आफूलाई त्यस रूपमा प्रस्तुत गर्न पाउँदा निकै गर्व लाग्ने गरेको अनुभव प्रशिक्ष पुस्पा न्यौपानेले बताउनु भयो । अहिले यो व्यवसाय आफैंमा महत्वपूर्ण र अत्यावश्यक बन्दै गएको र यसले धेरै महिलालाई आत्मनिर्भर बनाउन सकेको अर्का प्रशिक्षक गंगा शाहिको भनाई थियो ।
तेस्तै निमित्त कर्मचारि संघ तिलोत्तमा का सभापति नर प्रसाद खनाल,विपि विचार राष्टिय समाज तिलोत्तमा का सभापति कल्याण पौडेल,ए फोर ट्रेनिङ सेण्टर का संचालक हेमा बेल्वासे लगाएतले शुभकामना दिनु भयो।
सहकारी का सचिव सुभन्द्र भट्टराईको संचालन उपाध्यक्ष राधा पाण्डेको स्वागत संगै अध्यक्ष कमला पाण्डे अधिकारी को अध्यक्षता महिलाहरुलाई तिन महिने निशुल्क ब्यूटिसियन तालिम को समापन भएको थियो ।

प्रकाशित मिति : आइतबार, चैत्र २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्