बुटवल
नोबल कोरोना भाईरसको संक्रमणले विश्व समुदायलाई गम्भीर रुपमा प्रभावित गरिरहेको र यसको प्रभावले होटल तथा रेष्टुरेण्ट व्यवसायीको पेशा नै संकटमा पर्न गएकोले व्यवसायीहरुलाई घरभाडामा ५० प्रतिशत छुट दिन माग गरिएको छ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको सोमवार बसेको विशेष बैठकले कोरोना भाईरसका कारण होटल व्यवसायी धरासायी भएको र यसको न्युनिकरण नहुदाँसम्म घर धनीहरुलाई साविकको भाडामा ५० प्रतिशत छुट गरी व्यवसायीलाई सहयोग गर्न आह्वान गर्ने निर्णय गरेको अध्यक्ष समुन्द्र जिसी र महा सचिव माधव कुमार खनालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसै गरि बैक तथा वित्तिय सस्थाहरुवाट होटल व्यसायीले लिएको व्यवसायीक कर्जाको व्याजमा सहुलियत प्रदान गर्न पनि वैठकले माग गरेको छ । नोबल कोरोना भाईरसको संक्रमण भै विरामीलाई आईसोलेशनमा राख्न प्रदेश सरकारलाई आश्यक परेमा होटल व्यवसायीले आफना होटल खाली गरि उपलब्ध गराउन सक्ने समेत वैठकले निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएका छ । साथै कोरोना भाईरसको संक्रमणवाट सुरक्षिरहन अपनाउनु पर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्ने सजकतामा व्यवसायीहरु गम्भिर हुनपनि आह्वान गरिएको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र ३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्