हवाई यातायातमा लुट मच्याइएकोप्रति नेता महर आक्रोशित, मनोमानी रोक्न सरकारलाई आग्रह

हवाई यातायातमा लुट मच्याइएकोप्रति नेता महर आक्रोशित, मनोमानी रोक्न सरकारलाई आग्रह

काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले कोरोना भाइरसको त्रासबाट सिंगो देश संकटमा परेको बेला सार्वजनिक यातायात र हवाई क्षेत्रमा मनोमानी र कालोबजारी बढेको भन्दै त्यसलाई तत्काल रोक्न सरकारलाई आग्रह गरेका छन् ।

नेता महरले पर्यटन मन्त्री योगेश भट्टराई र सचिवलाई आफूले सम्पर्क गर्दा फोन नउठेको र सहसचिव, प्राधिकरण प्रमुखले स्पष्ट जवाफ दिन नसकेकोमा आपत्ति समेत जनाएका छन् ।

‘संकटको बेला सरकारको अकर्मण्यताले कालोवजारी नियन्त्रण हुन नसक्नु सरकारको लाचारीपन बाहेक केही होइन’, नेता महरले प्रश्न गरे, ‘दूरदराजका जनताका पीर, मर्का र असजिलोमा ख्याल गर्नु पर्दैन सरकार ?’

नेता महरले यति बेला राजनीतिक दल ,सचेत नागरिक र जनताको खबरदारीको आवश्यकता बढेको बताए ।

चैत्र १० गतेबाट लामो दूरीका सवारीमा रोक लगाएपछि अहिले राजधानीबाट बाहिरिनेको संख्या बढेको छ । यही मौका छोपेर काठमाडौं देखि धनगढीसम्मको हवाई यात्राका लागि एयरलाइन्स कम्पनीहरुले तेब्बरसम्म भाडा बढाएका छन् । नेता महरले विपद र संकटका बेला एयरलाइन्स कम्पनीहरुको यो रबैयामाथि नजर राख्न सरकारलाई आग्रह गरे ।

गत डिसेम्बरमा चीनबाट फैलिएको कोरोना भाइरसले अहिले विश्वलाई नै चुनौती दिएको छ ।

प्रकाशित मिति : शनिबार, चैत्र ८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij