पत्रकारहरु पहिले आँफू सुरक्षीत बनौ, अनि सुचना दिउः उपाध्यक्ष पोख्रेल

पत्रकारहरु पहिले आँफू सुरक्षीत बनौ, अनि सुचना दिउः उपाध्यक्ष पोख्रेल

दाङ
विश्वव्यापी रुपमा कोरोना भाइरस कोभिड–१९को संक्रमण फैलिन सक्ने सम्भावना भएकाले यस अवधिमा डिउटीमा जाने पत्रकारहरु सावधानीपूर्वक कार्यस्थलमा जान नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले सम्पूर्ण नेपाली पत्रकारहरुमा अनुरोध गर्नु भएको छ ।
आफू सुरक्षीत भएर मात्र अरुलाई सुरक्षीत राख्न अनि सहि सुचना दिन सकिने भएकाले सर्वप्रथम आफू सचेत रहनु सम्पूर्ण पत्रकारहरुमा पोख्रेलले अनुरोध गर्नुभएको हो ।
लकडाउनको सम्मानपूर्वक नेपाली मिडिया र मिडियाकमीलाई पालना गर्न उहाँले अनुरोध गर्नुभएको छ । डिउटीमा जाने सञ्चारकर्मीहरुलाई सहयोग गर्न प्रशासनलाई पनि उहाँले अनुरोध गर्नुभएको छ ।

‘आँफू सुरक्षीत भएरमात्र अरुलाई सुरक्षीत राख्न अनि सहि सुचना दिन सकिन्छ, ड्यूटिमा जाने पत्रकारहरु सावधानीकासाथ कार्यस्थलमा जाऔँ’ उपाध्यक्ष पोख्रेलले भने­ ‘लकडाउनको सम्मानपूर्वक नेपाली मिडिया र मिडियाकर्मीले पालना गर्नेछन्, डिउटीमा जाने सञ्चारकर्मीहरुलाई सहयोग गर्न प्रशासनलाई आग्रह गर्दछु । जोखीमबाट जोगीन सबैमा आग्रह गर्दछु ।’

पोख्रेलले पत्रकारहरु सजग रहन, घरबाट काम गर्ने व्यवस्था मिलाउन, बैकल्पीक मिडिया र सोसल मिडियाहरुलाई अत्यधिक, आवश्यक र सही सुचना दिन अनुरोध गर्नुभएको छ । पत्रकार सम्मेलनहरुमा नजान उहाँले सम्पूर्ण पत्रकारहरुमा अनुरोध गर्नुभयो ।

प्रेस काउन्सीलले जारी गरेको निर्देशिका पालना गर्न सम्पूर्ण नेपाली पत्रकारहरुमा उहाँले अनुरोध पनि गर्नुभएको छ ।

साथै एनटिभी प्लसले एसईई विद्यार्थीहरु लक्षीत सामाग्री प्रशारण गर्न थालेकोमा धन्यवाद दिदै स्थानीय एफएमर अन्य सञ्चारमाध्यमहरुबाट समेत यस प्रकारका सामाग्री प्रसारण गर्ने व्यवश्था मिलाउन अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र ११ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij