काठमाडौ
नेपालको प्रयोगशालाले गर्ने कोरोना भाइरस (कोभिड–१९) को परीक्षण विश्वसनीय भएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले बताएको छ ।
माइक्रो बायोलोजिस्ट डाक्टर जोनाथन एस्क्क्रोप्टको प्रतिवेदनका आधारमा विश्व स्वास्थ्य संगठनले नेपालले गरेको परीक्षण विश्वसनीय भएको बताएको हो ।
डा. एस्क्क्रोप्टले ३० फागुनदेखि चैतसम्म केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गर्ने परीक्षणको अध्ययन गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा विश्व स्वास्थ्य संगठनले उनलाई परीक्षणको अध्ययनको जिम्मा दिएको थियो ।
केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गर्ने कोरोना भाइरसको परीक्षण विश्वसनीय र चित्तबुझ्दो रहेको बताउने क्रममा उनले चारवटा सबल बुँदाको चर्चा गरेको संगठनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ । संगठनले मन्त्रालयका सचिवका नाममा पत्र पठाएको हो ।
तिनमा ‘कोरोना भाइरसको परीक्षणमा सबै प्रक्रिया पूरा गरिएको, ल्याब उपकरण पनि राम्रो रहेका र परीक्षणमा खटिएका जनशक्तिको काम पनि राम्रो रहेको र प्रयोगशालाले प्रतिवेदनहरू तथ्यगत हिसाबले विश्लेषण गरेको’ भन्ने छन् ।
कोरोना भाइरस परीक्षणका प्रयोगशालाले उपयुक्त तयारी गरेको बताउँदै प्रशंसा गरेको विश्व स्वास्थ्य संगठनले त्यसका लागि नियमित सहयोगको वचन पनि दिएको छ ।
संगठनले एस्क्क्रोप्टको सुझाबका आधारमा प्रयोगशालाको परीक्षण क्षमता विस्तार गर्नुपर्ने सुझाब पनि दिएको छ ।
प्रकाशित मिति : मंगलबार, चैत्र ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्