कपिलवस्तु । सोमबार कोरोना संक्रमण पुष्टी भएकी १९ बर्षीय युवतीसँगै कतार ऐअरवेजमा आएका अर्का युवक कपिलवस्तुमा भेटिएका छन् । चैत ४ गते कतारबाट फकिँदा सोही जहाजमा यात्रा गरेको खुलेको बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले पुष्टी गरे ।
युवक बुद्धभूमि ३ रनगाईका रहेको पाइएको छ । नगर प्रमुख श्रेष्ठले युवकलाई गोरुसिंगे स्थित क्वारेनटाइनमा राखिएको जानकारी दिए । श्रेष्ठका अनुसार युवकको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
स्वास्थ्यकर्मीको निरन्तर निगरानीमा रहेकाले नगरवासीलाई नआत्तिन नगर प्रमुख श्रेष्ठले आग्रह गरे । ‘संगै आएकाले क्वारेनटाइनमा राखिएको हो, उनको स्वास्थ्य तत्काल ठिकठाक रहेको पाइएको छ’, नगर प्रमुख श्रेष्ठले भने’,‘आवश्यक चेकजाँच गरिनेछ । नगरबासी यो विषयमा हतासिन हुँदैन ।
प्रकाशित मिति : मंगलबार, चैत्र ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्