प्रधानमन्त्रीलाई गगनको पत्र, भयावह हुने भो परीक्षणको गति बढाउँ

प्रधानमन्त्रीलाई गगनको पत्र, भयावह हुने भो परीक्षणको गति बढाउँ

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथापूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेख्दै कोरोना भाइरसको परीक्षण दायरा बढाउन आग्रह गर्नुभएको छ । थापाले प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेर लेखेको पत्र ट्वीटरमार्फत सार्वजनिक गर्नुभएको हो ।

पत्रमा थापाले एक साताको सीमाबन्दी र लकडाउनको सदुपयोग गर्दै हजारौंमा कोरोना परीक्षण गर्न आवस्यक देखिएको भन्दै यसका लागि हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमताको पूर्ण सदुपयोग गर्नुपर्ने र धरान, पोखरा,नेपालगञ्ज लगायतमा पनि परीक्षण गर्ने उच्चस्तरीय समन्वय समितिको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले यो पनि पर्याप्त नहुने भन्दै कम्तिमा पनि हरेक प्रदेशमा तत्काल परीक्षणको व्यवस्था गर्न माग गर्नुभएको छ । प्रयोगशालाका अधिकारीहरुले काठमाडौं बाहिर दर्जनौं ठाउँमा थोरै दिनमा परीक्षण सुरु गर्न सकिने भन्दै थापाले त्यसलाई सुन्न र मापदण्ड पुगेका निजी प्रयोगशालाहरुमा पनि परीक्षण सुरु गर्न आग्रह गर्नुभएको छ ।

उहाँले ओलीलाई पत्रमा एनपीएचएलमा भएको क्षमताको पूर्ण सदुपयोग, मापदण्ड पुगेका निजी ल्याबहरुसँग सहकार्य र नयाँ प्रविधिबाट काठमाडौं बाहिर दर्जनौं ठाउँमा कोरोना परिक्षण गर्न सुरु गरे यसै हप्तामा हजारौं परीक्षण गर्न सम्भव रहेको भन्दै आजैबाट सुरु गर्न आग्रह गर्नुभएको छ ।

परीक्षणमा गुणस्तर कायम गर्न आवश्यक प्रोटोकल बनाउन सकिने भन्दै थापा अस्पतालमा आएका मात्र होइन, कोरोना फैलिएका देशबाट आएका र ती व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिलाई समेत परीक्षणको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।

प्रकाशित मिति : बुधबार, चैत्र १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij