आफ्ना नागरिक लैजान अमेरिकी दूतावासले माग्यो नेपाल सरकारसँग अनुमति

आफ्ना नागरिक लैजान अमेरिकी दूतावासले माग्यो नेपाल सरकारसँग अनुमति

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नेपालमा रहेका आफ्ना नागरिक अमेरिका लैजान अनुमति मागेको छ । दूतावासले अमेरिका फर्कन चाहने आफ्ना नागरिकहरुलाई लैजान दिन अनुमतीका लागि नेपाल सरकारलाई औपचारिक रूपमा आग्रह गरेको हो ।

आफ्नो ट्वीटरमा दूतावासले नेपाल सरकारको अनुमति पाएलगत्तै उडानको व्यवस्था गर्ने जनाएको छ । सरकारले कोरोना भाइरसको संक्रमण जोखिम बढेसँगै एक साताका लागि लकडाउनको घोषणा गरेको छ । जसका कारण सडक एवं हवाई यातायात पनि पूर्ण बन्द छन् ।

लकडाउनको घोषणासँगै कुनै पनि अन्तर्राष्ट्रिय विमानले नेपालमा उडान भरेका छैनन् । कुनै पनि मुलुकले नेपालमा रहेका आफ्ना नागरिक लैजान चाहेमा नेपाल सरकारको स्वीकृति लिनुपर्ने हुन्छ । त्यसैकारण नेपालस्थित अमेरिकी दूतावासले पनि नेपालमा रहेका आफ्ना नागरिक लैजान नेपाल सरकारसँग अनुमति मागेको हो ।

प्रकाशित मिति : बिहिबार, चैत्र १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij