भैरहवा
दुवै देशमा भएको लकडाउनका कारण बेलहिया नाकामा रोकिएका २९ जना नेपाली नागरिकलाई क्वारेन्टाइनमा पठाइएको छ ।
बेलहिया नाकाबाट प्रवेश गराएर उनीहरुलाई तिलोत्तमा नगरपालिका, शुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकामा रहेका क्वारेन्टाइनमा पठाइएको हो । बुधबार बिहानदेखि झापाका ११, बर्दियाका पाँच र बाँकी रुपन्देहीका गरी २९ जना बेलहिया नाका मा अलपत्र परेकालाई क्वारेन्टाइनमा पठाइएको रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले बताउनु भयो।
तिलोत्तमा नगरपालिकाको शंकरनगर दुर्गादत्त मा.वि., सियारी गाउँपालिकाको जनता मा.वि. र यज्ञोदय दुधनाथ बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा पठाइएको हो, उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेपछि मात्र घर पठाइने प्रहरी नायब उपरीक्षक खत्रीले बताउनु भयो । “चार–पाँच दिनदेखि नै बेलहिया नाकामा रोकिएका रहेछन, मानवीय हिसाबले पनि प्रवेश गराएर क्वारेन्टाइनमा राख्नु उपयुक्त ठानेर प्रवेश गराइएको हो, अहिलेसम्म उनीहरु स्वस्थ नै छन”–खत्रीले भन्नु भयो–“अव १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्रै घर पठाइनेछ ।”
प्रकाशित मिति : बिहिबार, चैत्र १३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्