चीनमा तस्करी गरेर ल्याइएको सालकमा कोरोना भाइरसँग मिल्दोजुल्दो भाइरस भेटिएको पुष्टि

चीनमा तस्करी गरेर ल्याइएको सालकमा कोरोना भाइरसँग मिल्दोजुल्दो भाइरस भेटिएको पुष्टि

काठमाण्डौ – चीनमा तस्करी गरेर ल्याइएको सालकमा कोरोना भाइरस (कोभिड १९) सँग मिल्दोजुल्दो भाइरस भेटिएको पुष्टि भएको छ ।

भविष्यमा कोरोना जस्तो सङ्क्रमण हुन नदिन जङ्गली जीव जनावरको बिक्री पूर्णरुपमा रोक लगाउन आवश्यक रहेको ‘नेचर जर्नल’मा प्रकाशित एक नयाँ अनुसन्धानमा संलग्न अनुसन्धानकर्ताले सुझाव दिएका छन् ।

यसअघि चमेरोलाई कोरोना भाइरसको मूल स्रोत रहेको दाबी गरिएको थियो । तर चीनमा तस्करी गरेर ल्याइएको सालकमा कोरोनासँग मिल्दोजुल्दो भाइरस भेटिएको पुष्टि भएको अनुसन्धानकर्ताको दाबी छ ।

सालक स्तनधारी जीव हो, जसको मासु खान र पारम्परिक औषधिको रुपमा प्रयोग हुने गरेको छ । औषधिको रुपमा पनि प्रयोग हुने भएकाले सालक धेरै तस्करी हुने मध्येको एक जीव रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरस जन्माउन सालकको भूमिका र भविष्यमा मानिसहरुमा त्यो सङ्क्रमणको खतराबारे थप अध्ययनको लागि पनि चीन र दक्षिण पूर्व एसियाको जङ्गलमा पाइने सालकलाई अतिरिक्त निगरानीमा राख्नुपर्नेमा अनुसन्धानकर्ताले जोड दिएका छन् ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij