कपिलवस्तु
कपिलवस्तुमा पोखरीमा डुवेर २ वालकको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ८ वेलहवाका एकै परीवारका २ बालकको डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा तरवेज धुनियाका १२ बर्षिय छोरा सलमान धुनिया मुसलमान र वर्ष १० का छोरा अरमान धुनिया मुसलमान रहेका छन । उनिहरु गाँउकै सामुदायिक माछापालन गरिएको पोखरी छेउमा खेल्ने क्रममा डुबेर अचेत भए पछि उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवामा पुर्याउदा उनिहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले दुवै जनाको शव पोष्टमार्टमका लागी कपिलवस्तु जिल्ला अस्पताल तौलिहवामा राखिएको जानकारी दिनु भयो ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्