बुटवल
बुटवल उपमहानगरले हरियो तरकारी किनबेच हुने स्थल तोकेको छ । लकडाउनका कारण हाटबजार बन्द भएपछि हरियो तरकारी किन्न र बेच्नका लागि गार्हो भएको महशुस गरी उपमहानगरले सार्वजनिक स्थलको चोकमा भिडभाडा नहुने गरी तरकारी किनबेचको प्रबन्ध गरेको हो ।उपहानगरले वडा नं. १ र २ का लागि लायन्स आँखा अस्पताल अगाडिको प्रतिक्षालय, वडा नं. ३ को लागि गोलपार्क चोक, वडा नं. ४ को लागि जेसिस चोक र दुर्गा मन्दिर, वडा नं. ५ को लागि नगरपालिकाको कार्यालय अगाडीको चौपारी, वडा नं. ६ को लागि टफिक चोक पूर्व–पश्चिम, वडा नं. ७ को लागि सोमबारे हाट बजार, वडा नं. ८ र ९ का लागि मिलनचोक वारी र पारी, वडा नं. १० को लागि राजमार्ग चौराह, वडा नं. ११ को लागि वाणिज्य क्याम्पस अगाडि र बुद्धनगर, वडा नं. १२ को लागि नयाँगाउँ चोक र तामनगर, वडा नं. १३ का लागि बेलबास चोक, सेमलारका लागि मदैया चोक र मोतिपुरको लागि मोतिपुर चोकलाई तोकेको छ ।तोकिएको स्थानहरुबाट थोक खरिद गरि ठेला, डोको वा टोकरीमा राखी सुरक्षित तरिकाले निरन्तर टोल टोलमा लगि एक एक जनालाई विक्री वितरण समेत गर्न सकिने उपमहानगरले जनाएकाे छ । बुटवल उपमहानगरले केही असहज भए खबर गर्न समेत भनेकाे छ ।
यी हुन तरकारी किनवेच हुने ठाउहरु
वडा नं. १ र २ – लायन्स आँखा अस्पताल अगाडिको प्रतिक्षालय
वडा नं. ३ – गोलपार्क चोक
वडा नं. ४ – जेसिस चोक र दुर्गा मन्दिर
वडा नं. ५ – नगरपालिकाको कार्यालय अगाडीको चौपारी
वडा नं. ६ – टफिक चोक पूर्व–पश्चिम
वडा नं. ७ – सोमबारे हाट बजार
वडा नं. ८ र ९ – मिलनचोक वारी र पारी
वडा नं. १० – राजमार्ग चौराह
वडा नं. ११ – वाणिज्य क्याम्पस अगाडि र बुद्धनगर
वडा नं. १२ – नयाँगाउँ चोक र तामनगर
वडा नं. १३ – बेलबास चोक
सेमलार – मदैया चोक / मोतिपुर- मोतिपुर चोक
प्रकाशित मिति : शुक्रबार, चैत्र १४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्