नवलपुर । पूर्वी नवलपरासीको नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका ४ हरिपुर घर भई हाल बौदीकाली २ मा कालीगण्डकी करिडोर सडक निर्माणमा मजदुरको रुपमा काम गर्दै आएका २६ बर्षीय राजकुमार विकको कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबी निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीषक मोहनबहादुर खाँणले बताए ।
पौडी खेल्ने क्रममा नदीमा डुबी बेपत्ता भएका विकलाई तत्काल खोजी गरी उद्दार गरेर उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रकुवामा उपचारको क्रममा गएराति निधन भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, चैत्र १५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्