काेराेना भाइरस : ज्यान गुमाउनेको सङ्ख्या ३३ हजार नाघ्यो

काेराेना भाइरस : ज्यान गुमाउनेको सङ्ख्या ३३ हजार नाघ्यो

काठमाण्डाै – विश्वका विभिन्न देशमा अहिलेसम्म डेढ लाखभन्दा धेरै कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित उपचारपछि निको भएका छन् ।

एक ९९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोनाका कारण सात लाख २० हजार ६ सय ६१ मानिस सङ्क्रमित भएकामा एक लाख ५० हजार ९ सय ३९ जना उपचारपछि निको भएका छन् ।

विश्वभर पाँच लाख ३५ हजार सात सय ९६ जनाको उपचार भइरहेकाे छ भने ३३ हजार ९ सय २६ जनाको ज्यान गएको छ ।

सबैभन्दा धेरै इटलीमा १० हजार सात सय ७९ जनाको ज्यान गएको छ । स्पेनमा पनि ज्यान गुमाउनेको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । स्पेनमा गएको २४ घण्टामा सबैभन्दा धेरै आठ सय २१ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ६ हजार आठ सय तीन पुगेको छ ।

यसैगरी अमेरिकामा भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ह्वात्तै बढ्दै गएको छ । अमेरिकामा आइतबार एकैदिन साढे १७ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । अमेरिकामा एक लाख ४१ हजार एक सय ६९ जनामा कोरोना भएको पुष्टि भएको छ ।

प्रकाशित मिति : सोमबार, चैत्र १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij