जर्मनी
जर्मनीको एक राज्यका अर्थमन्त्रीले आत्महत्या गरेका छन्। कोरोना भाइरसको बढ्दो संक्रमणबाट चिन्तित भएर जर्मनीको हेस्स राज्यका अर्थमन्त्री थोमस सेफरले आत्महत्या गरेका हुन्। हेस्स राज्यका प्रिमियर वोल्कर बफरले कोरोना भाइरसको संक्रमणले चुलिएको आर्थिक संकटबाट चिन्तित अर्थमन्त्री सेफरले आत्महत्या गरेको जनाएका छन्। ५४ वर्षीय मन्त्री सेफर रेल्वे ट्रयाक नजिक मृत अवस्थामा फेला परेका थिए। हेस्स जर्मनीको आर्थिक राजधानी फ्रयाङ्कफर्ट शहर रहेको राज्य हो। यूरोपेली केन्द्रीय बैंकको कार्यालय समेत फ्रयाङ्कफर्टमा अवस्थित छ।जर्मनीका चान्सलर एञ्जेला मर्केल नजिकका प्रिमियर बफरका अनुसार हेस्स राज्यको अर्थमन्त्रीको रुपमा दश वर्षसम्म जिम्मेवारी सम्हालेका थिए। सेफर कोरोना महामारीले आर्थिक क्षेत्रमा परेको प्रभाव न्यूनिकरणका लागि दिनरात कम्पनी र कामदारको बीच सम्झौतामा संलग्न थिए। आर्थिक संकटको बेला सेफरको अनुभवको जरुरी रहेको बेला उनको निधनले स्तब्ध भएको मर्केलले बताएकी छन्। चान्सलर मर्केलको सेन्टर–राइट सीडीयू पार्टीमा आबद्ध सेफरको एक श्रीमति र दुई सन्तान छन्।
प्रकाशित मिति : सोमबार, चैत्र १७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्