कञ्चन- कञ्चन गाउपालिकाले निर्माण गरेको अस्थाई क्वारेन्टाइनमा राखिएका कोरोना भाइरसका सम्भाबित ब्यक्तिहरुलाई बिहान सांझ योगाभ्यास गराउदै कोरोना भाइरसको शंकामा मानसिक रुपमा कम्जोर महसुस गरेका ब्यक्तिहरुलाई मानसिक रुपमा आत्मबल बृद्धी गराउने प्रयास गरिएको छ ।
क्वारेन्टाइनमा रहेका कोरोना भाइरसका सम्भाबित ब्यक्तिहरुलाई दैनिक रुपमा कार्यपालिका सदस्य गिर बबहादुर बिश्वकर्माले योगाभ्यास गराउनु भएको छ। दैनिक योगाभ्यासले मानिसको स्वास्थ्यलाई तन्दुरुस्ती बनाउनुका साथै मानसिक रुपमा बलियो बनाउन सहयोग गर्ने भएकोले क्वारन्टाइनमा रहेका ब्यक्तिहरुलाई सकारात्मक सोंचको बिकास गर्न योगाभ्यास गराइएको कार्यपालिका सदस्य बिश्वकर्माले जानकारी दिनु भएको छ।
दैनिक योगाभ्यास मात्र नभई क्वारेन्टाइन निर्माण गरिएको लुम्बिनी ज्ञान निकेटन माध्यमिक बिधालयको वरीपरी रहेको फोहोरको सरसफाई गर्नमा संलग्न गराई सकारात्मक कार्य गर्नमा उत्प्रेरित गराइएको कार्यपालिका सदस्य बिश्वकर्माले जानकारी गराउनु भएको छ।
कञ्चन गाउपालिका स्वास्थ्य शाखाका अहेव तथा अस्थाई क्वारेन्टाइनका सम्पर्क ब्यक्ति बिर बहादुर बरमलेले क्वारेन्टाइनमा रहेका सबै जनाको स्वास्थ्य सामान्य रहेको छ।
प्रकाशित मिति : सोमबार, चैत्र १७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्