काठमाण्डौ – पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटेको छ । नेपाल आयल निगमले तीन वटै पदार्थमा १०/१० रुपैयाँका दरले भाउ घटाएको हो ।
अब पेट्रोलको भाउ प्रतिलिटर ९६ रुपैयाँ कायम भएको छ । डिजल र मट्टीतेल ८५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
यस्तै आन्तरिक हवाई इन्धनको भाउ १५ रुपैयाँले घटेर ७५ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको मूल्य प्रतिलिटर शून्य दशमलव ९५ डलर कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ३ गुणा घटे पनि आयल निगमले नघटाउँदा चौतर्फी आलोचना भइरहेको थियो ।
प्रकाशित मिति : बुधबार, चैत्र १९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्