काठमाण्डौ
बहराइनमा थप ९ जना नेपालीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
साल्माबाद स्थित एक क्याम्पमा विदेशी नागरिकलाई सङ्क्रमण देखिएपछि त्यहाँ कार्यरत ४ सय जनालाई क्वारेण्टीनमा राखेर गरिएको परीक्षणमा ९ जना नेपालीलाई कोरोना सङ्क्रमण देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दारले उज्यालोलाई जानकारी दिनुभयो ।
यो सहित बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १२ पुगेको छ । यससघि सङ्क्रमण भएका तीन जनाको अवस्था भने स्थिर रहेको राजदूत सुन्दासले बताउनुभयो । सङ्क्रमणको आशंकामा एक जना नेपाली अहिले क्वारेण्टीनमा रहेका छन् ।
ज्वारो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएकामा बहराइनको टोल फ्रि नम्बर ४४४ मा सम्पर्क गर्न सकिन्छ । बहराइन सरकारले कोरोना रोकथामका लागि सङक्रमितले क्वारेण्टीनको अवज्ञा गरेमा तीन महिनासम्म जेल र एक हजारदेखि १० हजारसम्म बहराइन दिनार जरिबाना वा दुवै सजाय हुने जनाएको छ ।
थप सङ्क्रमण रोक्न कुनै भेला, सभा, समारोह नगर्न दूतावासले सबैलाई आग्रह गरेका छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र २१ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्