कपिलवस्तु । कपिलवस्तुको विजयनगरमा भिषण आगलागी हुँदा ४० घरगोठ जलेर खरानी भएको छ । गाउँपालिकाको वडा नं. १ गुगौलीमा शुक्रवार करिब अपराह्न ४ बजेतिर आगलागी भएको हो । स्थानीय काशीराम यादवको घरबाट आगो लागेको प्रहरीले जनाएकोे छ । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा र नगद गरी एक करोड भन्दा बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ । आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिए । आगो किन र कसरी लागेको अझै खुल्न नसकेको प्रहरी निरिक्षक नेपालले बताए । क्षतिको थप विवरण संकलन भैरहेको उनले बताए ।
प्रकाशित मिति : शुक्रबार, चैत्र २१ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्